Meetings

National Anthem of Nepal      

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भै फैलिएका, मेची-महाकाली।(2)

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

ध्वजाको अभिवादन

हामी हाम्रो राष्ट्रिय ध्वजालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ ।
एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पूरा गरे मात्र
यसको महिमा तथा गौरव बढ्दछ । यसको सुनौला अक्षरले लेखिएको इतिहासले नै हामीलाई
स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ । हामी हाम्रो राष्ट्रिय ध्वजाप्रति
अविचलित निष्ठाको घोषणा गर्दै र यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा
यसलाई राष्ट्रहरुका माझमा गौरवका साथ फरफराई राख्न साँचो प्रयास गर्नेछौँ ।

Flag Salutation

We salute our National Flag and pledge our allegiance to the same.
Its honor and its glory depend upon the zeal and assiduity with which
each one of us will shoulder our responsibilities as a good citizen.
Its history written in letters of gold inspires us to put in good work
for the name of our country. We declare our unflinching loyalty to
our National Flag and maintain that its course shall be our course
and that each individual amongst us shall make genuine efforts to
add us its luster and glory and make it fly proudly aloft in the comity
of nations.

 

Lions Clubs International News
Connect with Us Online
Twitter